१ सय ४२ जना गरिब तथा जेहेन्दार बिद्यार्थीलाई रु ४ लाख बराबरको छात्रबृत्ति दलहरु देशको विकास र समृद्धिमा एक भएर अघि बढ्नुपर्छ : सांसद थापा
प्रकाशित मिति
२०७९ चैत्र १२ गते, आईतवार १२:४६

१२ चैत्र २०७९, काठमाडौँ : प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले राजनीतिक दलले निर्वाचनमा प्रतिस्पर्धा गरे पनि देशको विकास र समृद्धिमा एक भएर अघि बढ्नुपर्ने बताउनुभएको छ । अरनिको माध्यमिक बिद्यालय गाम्चामा आज आयोजित छात्रबृत्ति बितरण कार्यक्रममा बोल्दै उहाँले समाज स्वास्र्थ र भ्रष्टाचारले गाँज्यो भनिए पनि परोपकारी,निस्वार्थी र समाजसेवी ब्यक्तिहरु समाजमा उत्तिकै सकृय रहेको बताउनुभयो ।
बिद्यालयमा बिभिन्न ब्यक्तिहरुले आफ्नो पसिनाको कमाई र नीजि सम्पतीबाट छात्रबृत्ति कोष स्थापना गरेर समाजका बिपन्न र जेहेन्दार छात्रछात्रालाई पढ्ने हौसला दिनु र आर्थिक टेवा पुर्याउनु त्यसैको उदाहरण भएको बताउनुभयो । उहाँले आफुले पढेको यही बिद्यालयको शैक्षिक अबस्था सुधार्न यथासक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । कार्यक्रममा अर्का प्रतिनिधिसभा सदस्य रमा कोईराला पौडेल,बागमति प्रदेशसभा सदस्य किरण थापा ,सुनपा वडा नं.४ का वडा अध्यक्ष तथा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष लक्षुराम न्यौपाने ,बिद्यालयका प्राचार्य लेखनाथ रिमाल, बिद्यालयका पुर्व प्राचार्य प्रेमबहादुर (उद्धब)खड्का,बिद्यालयका शिक्षक तथा सामाजिक अगुवा कृष्णमुरारी न्यौपाने,ब्यबस्थापन समितिका पुर्व अध्यक्ष जगतबहादुर खड्का लगायतले बिद्यालयको सुधार एबं शैक्षिक गतिबिधिबारे चर्चा गर्नुभयो ।
कार्यक्रममा बिभिन्न २० सामुदायिक तथा नीजि बिद्यालयका १सय ४२ जना गरिब तथा जेहेन्दार बिद्यार्थीलाई करिब रु४ लाख बराबरको जनक खड्का छात्रबृत्ति,शुशिला भैरब छात्रबृत्ति,सानुजगत खड्का छात्रबृत्ति तथा टिका बहादुर खड्का शिक्षाबृत्ति प्रदान गरिएको छ । सोही समारोहमा बिद्यालयका पुर्व प्राचार्य प्रेमबहादुर (उद्धब)खड्काले मातापिताको स्मतिमा रु ५ लाख एक हजारको अक्षयकोष स्थापना गरि थप छात्रबृत्तिको घोषणा गर्नुभएको छ ।

प्रतिकृया