• 5:28 pm

सिद्धार्थ बैंकका शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा

प्रकाशित मिति

२०७९ चैत्र १२ गते, आईतवार ११:१६

१२ चैत्र २०७९, काठमाडौँ: सिद्धार्थ बैंकले लिमिटेडले शेयरधनीको हितग्राही खातमा बोनस शेयर जम्मा गरेको छ । बैंकले पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १२ दशलमव ५० प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरेको हो ।


बैंकले साधारण सभा प्रयोजनका लागि बुक क्लोज मितिको अघिल्लो दिनसम्म कायम शेयरधनीहरूको हितग्राही खातामा चैत ६ गतेबाट लाभांश जम्मा गर्न शुरु गरेको जानकारी दिएको छ ।


भौतिकरूपमा शेयर धारण गरेका शेयरधनीको हकमा भने शेयर अभौतिकीकरणपछि मात्रै हितग्राही खातामा रकम जम्मा हुने बैंकले जानकारी दिएको छ । कम्पनीले भौतिकरूपमा शेयर धारण गरेका शेयरधनीहरूलाई आफ्नो शेयर अभौतिकीकरण गराउन अनुरोध गरेको छ । शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड छ ।

प्रतिकृया