अमेरिकाको मिसिसिपीमा आँधी आउँदा २६ जनाको मृत्यु
प्रकाशित मिति
२०७९ चैत्र १२ गते, आईतवार १०:४७

१२ चैत्र २०७९, काठमाडौँ: अमेरिकाको दक्षिणी राज्य मिसिसिपीमा आएको घातक आँधीका कारण हालसम्म २६ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । आँधी रोकिएपछि यहाँ राहत र उद्धारको काम भइरहेको छ ।
यसैबीच, अलाबामा र जर्जियाका धेरै भागहरूमा आइतबार बिहानका लागि थप आँधी र असिनाको पूर्वानुमान गरिएको छ । मिसिसिपी राज्यका गभर्नर टेट रिभ्सले यस प्रकोपबाट भएको विनाशलाई ध्यानमा राख्दै आपतकालीन अवस्था घोषणा गरेका छन् ।
आँधीले धेरै ग्रामीण क्षेत्रलाई तहसनहस बनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले मिसिसिपीबाट आएका तस्बिरहरूलाई ‘हृदयविदारक’ भनेका छन् र उनको सरकारले यस प्रकोपबाट पुन: प्राप्ति गर्न सक्दो सहयोग गर्ने बताएका छन् ।
शक्तिशाली आँधीले धेरै दर्जनौँ- भवनहरू ध्वस्त पारेको छ । हावाहुरीका कारण धेरै ठाउँमा गाडी पल्टिएका छन् भने बिजुलीका पोल तथा तारहरु ढलेका छन् ।
प्रतिकृया