लागुऔषध सेवन गरी सार्वजनिक बस चलाउने ३ जना चालक नियन्त्रणमा
प्रकाशित मिति
२०७९ चैत्र १२ गते, आईतवार १०:३७

चैत १२, २०७९, काठमाडौँ : ललितपुरको सातदोबाटो क्षेत्रमा गरिएको विशेष चेकिङका क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउने बसका चालक सहित २ जना चालकलाई आज (शुक्रवार) प्रहरीले नियन्त्रणमा लिएको छ । बा ९० प ५० १९ नम्बरको मोटरसाइकल चालक ललितपुरको गोदावरी नगरपालिका १३ बस्ने सरोज जि.सि. लाई ललितपुरको हरिसिद्धिबाट र बा ५ ख ५९ ७५ नम्बरका बस चालक ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका ६ घर भएका चन्द्र मान राईलाई सातदोबाटोबाट लागुऔषध सेवन गरी सवारी साधन चलाई रहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा आएका दुबै जनालई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त सातसोबाटोमा पठाइएको छ । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो, प्रहरी वृत्त सातदोबाटो र प्रहरी चौकी हरिसिद्दीको संयुक्त टोलिले आज २५ ओटा सवारी साधन चेकजाँच गर्दा लागुऔषध सेवन गरी सवारी साधन चलाईरहेको अवस्थामा भाडाका बस चालक सहित२ जना चालकलाई फेला पारेको थियो ।
मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकहरुलाई लामो समयदेखि नै ट्राफिक प्रहरीले कारबाही गर्दै आएता पनि पछिल्लो समय लागुऔषध समेत सेवन गरेर सवारी साधन चलाउने चालकहरु भेटिन थालेपछि लागुऔषध चेकजाँच अभियानलाई तिब्रताका साथ अगाडी बढाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभयो । मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारी साधन चलाउँदा सवारी दुर्घटना हुनुको साथै मानव स्वास्थ्यमा समेत नकरात्मक असर पर्ने गर्दछ । सवारी साधनका चालकहरुले लागुऔषध सेवन गरी सवारी साधन चलाए नचलाएको सम्बन्धमा प्राविधिक टोली सहित टि।एच।सि। किटको प्रयोग गरी गत साउन ९ गतेबाट ट्राफिक प्रहरीले चेकजाँच अभियान सुरु गरेको थियो ।
प्रतिकृया