• 3:37 pm

नेपालको साक्षरता दर ७६.३ प्रतिशत

प्रकाशित मिति

२०७९ चैत्र १० गते, शुक्रबार १२:५१

१० चैत्र २०७९, काठमाडौँ : नेपालको साक्षरता दर ७६.३ प्रतिशत पुगेको छ । साक्षरता दर पुरुषको भन्दा १४.२ प्रतिशत कम महिलाको छ । केन्द्रीय तथ्यांक विभागले आज सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को विस्तृत प्रतिवेदनअनुसार ५ वर्ष वा सोभन्दा बढी उमेरका कूल जनसंख्याको साक्षरता दर ७६.३ प्रतिशत रहेको छ । पुरुषको साक्षरता दर ८३.६ प्रतिशत र महिलाको ६९.४ प्रतिशत छ ।

प्रतिकृया