• 7:33 am

मेन्छियाम हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न

प्रकाशित मिति

२०७९ चैत्र १० गते, शुक्रबार ०९:३८

१० चैत्र २०७९, काठमाडौँ : मेन्छियाम हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । हाइड्रोपावरले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको साधारण सेयर बाँडफाँड गरेको हो ।


कम्पनीले आफ्नो जारी पुँजीको १० करोड ८५ लाख १६ हजार ७०० रुपैयाँ बराबरको अंकित मूल्य १०० रुपैयाँ दरका १० लाख ८५ हजार १६७ कित्ता सेयर मध्ये १ लाख ८ हजार ५१७ कित्ता साधारण सेयर वैदेशिक रोजगारमा गएका नेपालीहरुको लागि फागुन १० गतेदेखि फागुन २५ गतेसम्म निष्काशन गरेको आइपीओ चैत ७ गते बाँडफाँड गरेको हो ।


उक्त सेयर बाँडफाँड सम्बन्धी विवरण बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलको वेबसाइट https://www.nicasiacapital.com/  र सिडिएसले सञ्चालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/   लउर मार्फत हेर्न सकिनेछ ।

प्रतिकृया