पाँचजना एआइजीहरूमध्ये एकजना आज नयाँ आइजी नियुक्त हुँदै
प्रकाशित मिति
२०७९ चैत्र १० गते, शुक्रबार ०९:१७

१० चैत्र २०७९, काठमाडौँ : नेपाल प्रहरीमा शुक्रबार नयाँ महानिरीक्षक (आइजी) नियुक्त हुने भएका छन्। पाँचजना एआइजीहरूमध्ये एकजना नेपाल प्रहरीको ३० औँ आइजीका लागि बढुवा हुनेछन्। आज अपरान्ह ४ बजे बस्ने मन्त्रिपरिषद्को बैठकले आइजी नियुक्त गर्न लागेको हो। बिहीबार बस्ने नियमित बैठकमा आइजी नियुक्ति गर्ने भनिएपनि शुक्रबारका लागि सारिएको थियो।
हालका महानिरीक्षक धीरज प्रताप सिंह आजैदेखि अनिवार्य अवकाशमा जाँदैछन्। उनले ३० वर्ष सेवा अवधि पूरा गरेका छन्।आइजीका लागि ५ जना अतिरिक्त महानिरीक्षक (एआइजी)हरू प्रतिस्पर्धी छन्। बसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिस्पर्धी हुन्।
किरण बज्राचार्य आइजीको प्रतिस्पर्धामा हुने पहिलो महिला प्रहरी अधिकृत हुन्। यस अघिसम्म नेपाल प्रहरीले आइजीको प्रतिस्पर्धामा महिलासमेत पाएको थिएन।
प्रतिकृया