आजबाट सानिमा रिलायन्स लाइफको एकिकृत कारोबार शुभारम्भ
प्रकाशित मिति
२०७९ चैत्र ९ गते, बिहीबार ०२:५३

९ चैत्र २०७९, काठमाडौँ: सानिमा र रिलायन्स लाइफको आजबाट एकिकृत कारोबार शुभारम्भ भएकाे छ। ६ बर्ष सफलता पूर्वक व्यवसाय गर्दै आएको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले नियामक निकाय बीमा प्राधिकरणले तोकेको क्यापिटल प्लानको न्यूनतम पुँजि पुर्याउन आजबाट एकिकृत कारोबार गरेकाे हाे। दुई कम्पनीबीच मर्जर सम्बन्धी सम्पुर्ण प्रकृया सम्पन्न भएपछि चैत ९ गतेदेखि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार गरेकाे छ ।
यी २ कम्पनी १:१ काे अनुपातमा मर्ज भएको छ। एकिकृत कारोबारपछि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको अध्यक्षतर्फ भने रिलायन्स लाइफका अध्यक्ष ताराचन्द कोडिया हुनेछन्। सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सलाई नेपाल बीमा प्राधिकरणले फागुन १८ गते मर्जर सम्बन्धी अन्तिम स्वीकृती प्रदान गरेको थियो ।
त्यस अनुसार संयुक्त मर्जर समितिको चैत ५ गते बसेको बैठकले मर्जर पश्चात सानिना रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट रजिष्टर्ड तथा प्रधान कार्यालय काठमाडौं महानगरपालिका वडा नं. १० नयाँ बानेश्वरमा रहने निर्णय गरेको हो । हाल रिलायन्स लाइफको चुक्ता पुँजी २ अर्ब १० करोड र सानिमा लाइफको २ अर्ब रुपैयाँ छ। मर्जरपछि चुक्ता पुँजी ४ अर्ब १० करोड रुपैयाँ पुग्नेछ। चैत ९ गतेदेखि एकीकृत कारोबार सुरु गरेकाे सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सको मर्ज भएपछि ‘सानिमा रिलयान्स लाइफ’ को कुल चुक्तापुँजी ४ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।
त्यस्तै, कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा सानिमा लाइफको तर्फबाट शिवनाथ पाण्डेले आज बीमा प्राधिकरणबाट शपथ लिँदै नयाँ नियुक्ति पनि लिने भएको छन् । शिवनाथ पाण्डे राष्ट्र बैंकका पूर्व कर्मचारी र सूर्या लाइफका पूर्व सिईओ समेत हुन् ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्षमा तारा चन्द केडिया नियुक्त भएका छन् । केडिया साविक रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष हुन् । साविक रिलायन्स लाइफको तर्फबाट घनश्याम थापा, सुवर्णदास श्रेष्ठ, केशव राज केसी सञ्चालक बनेका छन् । त्यस्तै साविक रिलायन्सबाट अध्यक्ष केडिया सहित, भरत कुमार तोडी, परिक्षित खेमका सञ्चालक समितिको सदश्य बनेका छन् । रिलायन्स लाइफकै स्वतन्त्र सञ्चालिका सरिता भट्ट अधिकारीलाई सानिमा रिलायन्स लाइफको पनि स्वतन्त्र सञ्चालक बनाइएको छ ।
साविक सानिमा लाइफका अध्यक्ष कुमार कोइराला, बद्रि विशाल घिमिरे, शिवहरी घिमिरे बाहिरिएका छन् । त्यस्तै साविक रिलायन्सका सञ्चालकहरु जगदिश कुमार अग्रवाल, अमृत कुमार वेगानी र बद्रि प्रसाद पोखरेल बाहिरिएका छन् ।
प्रतिकृया