• 9:24 pm

माईती इन्डीया र लब नेपालको संयुक्त प्रयासमा दुवईमा बेचिएकी नेपाली चेलीको उद्दार

प्रकाशित मिति

२०७९ चैत्र ९ गते, बिहीबार ०१:१९

९ चैत्र २०७९, काठमाडौँ: माईती इन्डीया, लब नेपाल, लब एण्ड होपको पहलमा दुवईमा बेचिएकी नेपाली चेलीको उद्दार गरिएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका स्थायी ठेगाना भएकी वर्ष २० की कल्पना (परिवर्तित नाम) लाई मानव तस्करीका गिरोहले दुवईमा पाँच लाख चार हजार नेपाली रुपैयाँमा विक्री गरेका थिए।


उक्त मानव तस्कर गिरोहमा वर्ष ३२ का दीपक मगर, वर्ष ३० को मौसम, वर्ष ३५ को पाकिस्तानी नागरिक समीर, मिना डोल्मा लगायताको संलग्नता रहेको पीडितले बताएकी छन्। कक्षा १२ मा अध्ययनरत कल्पना घरको कमजोर आर्थिक अवस्थाको कारण वैदेशिक रोजगारीमा जाने मन स्थितिमा थिइन्। उनको कमजोर आर्थिक अवस्थाको फाइदा उठाउँदै मानव तस्करहरुले
उनलाई प्रलोभनमा पारी दुवै पुर्याएर विक्री गरेको खुल्न आएको हो ।


उनलाई मानव तस्कर गिरोहले गत माघ २ गते एयर अरेबियाको जहाजमार्फत दुवै पुर्याएका थिए । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा मौसम भनिने मानव तस्कर उनलाई पुर्याउन आफैं पुगेकोसमेत खुल्न आएको छ । दुवैमा बेचिएकी उनलाई पटक–पटक यौन शोषण गरिएको र मानसिक तनाव दिएको कारण उनले आफूले काम गर्न नसक्ने बताएपछि आफू बेचिएको थाहा पाएकी थिइन्। उनलाई नेपाली रुपौयाँ पाँच लाख चार हजारमा बेचिएको र उक्त पैसा नदिएसम्म नेपाल फर्कन नसक्ने भन्दै काम लगाउने मालिकले बताएको उनले भनिन्।


लगत्तै घटनाको जानकारी पाएका स्वीडेन नागरिक जोनाथन र जोन अबलेन लभ नेपालको अध्यक्ष बालकृष्ण पाण्डे र माइती इन्डियाकी निर्देशक पुजा पाण्डेलाई उद्दारका लागि अनुरो गरेका थिए । सोही बमोजिम बालकृष्ण र पुजाको संयु्क्त टिमले परराष्ट्र मन्त्रालय, नेपाल प्रहरीको मानव बेचविखन तथा अनुसन्धान वियुरोको आवश्य समन्वयमा उनको उद्दार गरिएको हो ।


‘हामी आफैं दुवै पुगेर उनको उद्दार गरेका हौं । यसमा दुवैस्थित नेपाली दूतावास, नेपाली जनसम्पर्क समिति युएई, एनआरएन युएई लगायतको महत्वपूर्ण सहयोग रह्यो । अहिले पीडितको अवस्था एकदमै नाजुक छ । उनको स्वास्थ्य उपचार चलिरहेको छ,’– समाज सेबी बालकृष्ण पाण्डले भने ।


उद्दारकर्ताहरुको निवेदनमा अहिले मानव बेचविखन तथा अनुसन्धान वियुरोले अनुसन्धान थालिसकेको समेत पाण्डले जानकारी गराए । पीडितले पनि जाहेरी दिने तयारी रहेको उनले बताए । स्वीडेन नागरिक जोनाथन र जोन अबलेनले उनको शिक्षा कक्षा १ देखि नै सहयोग गर्दै आएका थिए । उनी बेचिएको थाहा पाएपछि जोनाथन आफैं पनि दुवै पुगेर उद्दारमा लागिपरेको समाज सेबी
लभ नेपालमा अयक्ष पाण्डेले बताए ।

प्रतिकृया