• १६:५७ २०८० चैत्र १६ गते
  • 4:57 pm

करारमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्छाैँ: प्रधानमन्त्री दाहाल

प्रकाशित मिति

२०७९ चैत्र ८ गते, बुधबार ०१:५३

prachand 11 1 e1678273129569

८ चैत्र २०७९, काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सरकारी सेवामा करारमा कार्यरत श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने बताएका छन् । बुधवार सामाजिक सुरक्षा कोषले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।


प्रधानमन्त्री दाहालले हालसम्म सरकारी सेवामा करारमा कार्यरत श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न नसकिएकोमा धेरै दुःख लागेको बताउँदै उनीहरूलाई पनि सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने बताए। उनले सामाजिक सुरक्षा कोषमा आवद्धताको संस्कार बसाल्न कानुनले निर्देशित गरेको सहयोगदानको प्रावधानलाई कार्यान्वयनमा ल्याइ सबै क्षेत्रको अपनत्व स्थापित गरिने बताए।


प्रधानमन्त्री दाहालले भने, ‘सामाजिक सुरक्षा कोषमा आवद्धताको संस्कार बसाल्न कानुनले निर्देशित गरेको सहयोगदानको प्रावधानलाई कार्यान्वयनमा ल्याइ सबै क्षेत्रको अपनत्व स्थापित गरिनेछ। कोषको लगानीलाई राज्यको भौतिक पूर्वाधार विकास, उद्यमशीलता लगायतका उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने नीतिगत व्यवस्था गरिनेछ। सरकारी सेवामा, करारमा कार्यरत श्रमीकहरुलाई समेत हालसम्म सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न नसकिएकोमा मलाई विशेष दुःख लागेको छ। यस सम्बन्धमा आवश्यक व्यवस्था मिलाउने काममा म लाग्ने नै छु। म विश्वास पनि दिलाउन चाहन्छु।’


रोजगारीका लागि विदेशमा जाने युवाहरूलाई ठगी गर्ने, ढिलासुस्ती गर्ने काम सरकारलाई सह्य नरहेको उनकाे भनाइ छ। उनले रोजगारीका लागि विदेश गएका युवाहरूलाई दुःख दिने दिन गएको दाबीसमेत गरे। प्रधानमन्त्री दाहालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको ५ वर्षे रणनीति योजनाको पूर्ण कार्यान्वयनमा सरकारको सहयोग रहने प्रतिवद्धतासमेत जनाए।

प्रतिकृया