• १७:४१ २०८० चैत्र १५ गते
  • 5:41 pm

प्रधानमन्त्री दाहालले परीक्षणकालमै अविश्वास गरेकाले अब विश्वास गर्न सकिँदैन: अध्यक्ष ओली

प्रकाशित मिति

२०७९ चैत्र ६ गते, सोमबार ०१:२२

oli 1 e1679297865621

चैत ६, २०७९, काठमाडौँ: नेकपा एमालेले प्रधानमन्त्री दाहाल ‘प्रचण्ड’ लाई विश्वासकाे मत नदिने निर्णय गरेकाे छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको एमाले संसदीय दलकाे बैठकले विश्वासकाे मत नदिने निर्णय गरेको हाे। पार्टी अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री दाहाल माथि विश्वास गर्न नसकिने बताएका हुन्।


‘प्रधानमन्त्री विश्वास गर्न लायक व्यक्ति नै होइनन्। पुस २६ गते दिएको विश्वासको मत अस्थायी थियो। दाहालले परीक्षणकालमै अविश्वास गरेकाले अब विश्वास गर्न सकिन्न’, उनले भने।


प्रधानमन्त्री दाहालले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिँदैछन्। उनले प्रधानमन्त्री भएपछि संसदबाट दोस्रो पटक विश्वासको मत लिन लागेका हुन्। प्रतिनिधिसभाको आज दिउँसो १ बजे बस्ने बैठकबाट उनले विश्वासको मत लिने संसद सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए।

प्रतिकृया