• 12:27 pm

एमाले संसदीय दलको बैठक बस्दै, विश्वासको मतबारे निर्णय गर्न

प्रकाशित मिति

२०७९ चैत्र ६ गते, सोमबार १०:२४

२०७९ चैत ६, काठमाडौं : प्रतिनिधि सभा बैठक अघि नेकपा एमाले संसदीय दलको बैठक बस्ने भएको छ । आज सोमबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने कार्यसूची छ । संसद् भवनको ल्होत्से हलमा साढे ११ बजे बस्ने गरी दलको बैठक आव्हान गरिएको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भन्नेबारे बैठकले निर्णय गर्नेछ ।


नेकपा एमाले चैत ५ गतेबाट प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी बेञ्चमा बस्न पुगेको छ । एमालेले विश्वासको मत नदिए पनि प्रधानमन्त्री प्रचण्डलाई ११ दलले विश्वासको मत दिने जनाइसकेकाले बहुमत सिद्ध गर्न कुनै समस्या छैन । गत पुस १० गते एमाले नेतृत्वको गठबन्धनमा प्रधानमन्त्री बनेका प्रचण्ड सरकारबाट एमाले र राप्रपा बाहिरिएसँगै संसद्‍बाट विश्वासको मत लिन लागेका हुन् ।

प्रतिकृया