ग्लोबल आइएमई बैंकका ग्राहकले दराजबाट १ रुपैयाँमा सामसङ ग्यालेक्सी एम ०४ स्मार्टफोन जित्ने
प्रकाशित मिति
२०७९ चैत्र ५ गते, आईतवार ०४:१६

५ चैत्र २०७९, काठमाडौँ: ग्लोबल आइएमई बैंकले इ-कमर्स दराजबाट १ रुपैयाँमा सामसङ ग्यालेक्सी एम ०४ मोबाइल फोन जित्ने योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत बैंकका ग्राहकहरुले भिजा डेबिट/क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइन भुक्तानी गरी १ रुपैयाँ खर्च गरेर सामसङ ग्यालेक्सी एम ४ मोबाइल फोन जित्न सक्ने बैंकले जनाएको छ।
बैंकले दराज नेपालसँग सहकार्य गरी सार्वजनिक गरेको यो योजना २०७९ चैत्र ५ देखि ११ गतेसम्म ७ दिनका लागि मान्य रहने बताइएको छ। यस योजनाको अन्त्यमा बैंकको डेबिट/क्रेडिट कार्डद्वारा दराजमा अनलाइनमार्फत १ रुपैयाँ भुक्तानी गर्ने र मोबाइल फोन खरिद गर्न चाहने कुल सहभागीहरूमध्ये १ जना भाग्यशाली विजेता छनोट गरिने बैंकले जनाएको छ।
छनोट भएका एक विजेताले १ रुपैयाँमै सामसङ ग्यालेक्सी एम ०४ मोबाइल फोन पाउने छन्। बैंकको यो योजनाको मुख्य उद्देश्य अनलाइन कार्ड भुक्तानी (इ–कमर्स) लाई प्रवर्द्धन गर्नु रहेको जनाएको छ।
प्रतिकृया