• ०७:४५ २०८० चैत्र ६ गते
  • 7:45 am

प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारे छलफल गर्न रास्वपाको बैठक बस्दै

प्रकाशित मिति

२०७९ चैत्र ५ गते, आईतवार ११:१०

raswapa1 e1679210705667

५ चैत्र २०७९, काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने विषयमा छलफल गर्न पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।


रास्वपाका प्रवक्ता मुकुल ढकालका अनुसार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आजै (आइतबार) बिहान ११ बजे बसुन्धारामा बस्दैछ । ‘बैठकमा समसामयिक राजनीतिक परिस्थितिका बारेमा पनि छलफल हुने’ ढकालले भनेका छन् ।


प्रधानमन्त्री प्रचण्डले भोलि सोमबार संसदमा विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रतिकृया