मध्यपश्चिम विश्वविद्यालयकाे स्ववियु निर्वाचन स्थगित
प्रकाशित मिति
२०७९ चैत्र १ गते, बुधबार ०३:४०
१ चैत ,२०७९, काठमाडौँ: मध्यपश्चिम विश्वविद्यालयको स्ववियूको निर्वाचन स्थगित भएको छ । चैत्र ३ गतेका लागि तोकिएको मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन स्थगित भएको हाे । मंगलबार विश्वविद्यालय अन्तर्गतको ‘स्कुल अफ मेनेजमेन्ट’ (मुसोम) का विद्यार्थीले मतदानबाट वञ्चित गराइएको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए।
उच्च अदालत सुर्खेतले अर्को आदेश नहुने बेलासम्म स्ववियु निर्वाचन स्थगित गर्न आदेश जारी गरेको छ । चैत्र ८ गते दुबै पक्षलाइ ऊच्च अदालत सुर्खेतमा ऊपस्थित हुनु आदेश जारि गरेको छ। ‘स्कुल अफ मेनेजमेन्ट’ (मुसोम) मा अध्ययनरत ३ जना विद्यार्थीले मध्यपश्चिम विश्वविद्यालय लगायत पाँचवटा कार्यालका विरुद्ध उच्चद अदालत सुर्खेतमा रिट दायर गरेका थिए ।
प्रतिकृया