• १२:५६ २०८० फाल्गुन ११ गते
  • 12:56 pm

७ दिनभित्र व्यक्तिगत विवरण अद्यावधिक गर्न सचिव र सहसचिवलाई किताबखानाको निर्देशन

प्रकाशित मिति

२०७९ फाल्गुन ३० गते, मंगलवार ०८:५३

nijamati

३० फागुन २०७९, काठमाडौँ: राष्ट्रिय किताबखानाले नेपाल सरकारका सचिव र सहसचिवलाई ७ दिनभित्र आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न निर्देशन दिइएको छ। किताबखाना (निजामती)ले सङ्घीय निजामती सेवा ऐन जारी हुन लागेको बेला सचिव तथा सहसचिवसरह(राजपत्रांकित विशिष्ट र प्रथम श्रेणी)का कर्मचारीलाई आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्नुपर्ने सूचना जारी गरेको हो।


सरकारले कर्मचारीको सरुवा, बढुवा र पदस्थापन विज्ञताका आधारमा गर्ने तयारी गरेपछि किताबखानाले यस्तो सूचना जारी गरेको राष्ट्रिय किताबखानाका महानिर्देशक डा. टोकराज पाण्डेले जानकारी दिए।


उनका अनुसार कतिपय कर्मचारीको सुरु सेवा प्रवेशको मात्र शैक्षिक योग्यता रहेको र सरुवा, बढुवाको विवरणसमेत अद्यावधिक नरहेकाले यस्तो सूचना जारी गरी विवरण अद्यावधिक गर्न लागिएको हो।


यो निर्णय सबै सेवा समूहका कर्मचारीका लागि लागू हुने महानिर्देशक डा.पाण्डेयले बताए।

प्रतिकृया