अभिनेत्री भुवन चन्दलाई सोसल मिडिया कलाकर्मी सम्मान

प्रकाशित मिति

२०७९ फाल्गुन २९ गते, सोमबार ०५:३२

332948997 772411084599193 5278133257538484733 n

२९ फागुन २०७९, काठमाडौँ: वरिष्ठ अभिनेत्री भुवन चन्द ‘सोसल मिडिया कलाकर्मी सम्मान २०७९’बाट सम्मानित भएकी छन् । चलचित्र विकास बोर्डमा सोमबार आयोजित समारोहमा उनलाई सम्मान प्रदान गरिएको हो । बोर्ड अध्यक्ष भुवन केसी, वरिष्ठ निर्देशक यादव खरेल लगायतले उनलाई सम्मान प्रदान गरे ।


कला निर्देशक निर्जल श्रेष्ठलाई कला सम्मान र पत्रकार पारसमणि पौडेल पत्रकारिता पुरस्कारबाट सम्मानित भए । ड्रिमवल्र्ड अफ फिल्म मेकर्सले आयोजना गरेको अवार्डमा ‘बेलुन’ सर्वोत्कृष्ट छोटो फिल्म घोषित भएको छ । यो फिल्मले सशस्त्र द्वन्द्वकालको कथावस्तु पेस गर्छ ।


उत्कृष्ट युट्युब भिडियो भ्लग, उत्कृष्ट निर्देशक, ध्वनि संयोजक, अभिनेता, सम्पादक, निर्देशक, अभिनेत्रीलगायत गरी अन्य २२ विधामा अवार्ड प्रदान गरियो । समाज परिवर्तनमा योगदान दिने विषयवस्तु समेटिएका छोटा फिल्म र वृत्तचित्रलाई प्राथमिकता दिइएको कार्यक्रम निर्देशक शवनम मुखियाले बताइन् । फोटोग्राफर राजभाइ सुवाल, फिल्म निर्देशक प्रणय लिम्बू, सञ्चारकर्मी आरती चटौत निर्णायकको रुपमा थिए ।

प्रतिकृया