नेम्वाङ एमाले संसदीय दलको उपनेता नियुक्त
प्रकाशित मिति
२०७९ फाल्गुन २९ गते, सोमबार ०४:१६

२९ फागुन २०७९, काठमाडौँ: नेकपा एमालेको संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङ नियुक्त भएका छन् । सोमबार संसदीय दलका नेतासमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङलाई उपनेताको नियुक्ति दिएका हुन् । अघिल्लो प्रतिनिधिसभामा पनि नेम्वाङ एमाले संसदीय दलको उपनेता थिए । यसअघि ओलीले आइतबार संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौलालाई नियुक्ति दिएका थिए ।
Related
Recent News
- स्वास्थ्य सेवा तत्काल सुचारु गर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह
- बाढीका कारण चार जलविद्युत आयोजनामा क्षति
- करोडै रकमसहित चिनियाँ नागरिक पक्राउ
- शेयर बजार आज सामान्य अंकले बढ्यो, कारोबार रकममा भने गिरावट
- आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
- बर्षाको कारण नभई रसुवामा हिमताल फुटेर बाढी आएको आशंका
- रास्वपा र राप्रपाले आज पनि गरे बैठक बहिष्कार
- रसुवाको बाढी प्रभावित क्षेत्र निरीक्षण गर्न प्रधानमन्त्री ओलीसहित उच्चस्तरीय टोली जाँदै
- ११ महिनामा अन्तरबैंक कारोबार ५८.६ प्रतिशतले घट्यो
- देउवा र ओलीबीच बालुवाटारमा छलफल जारी
प्रतिकृया