• १३:१९ २०८० फाल्गुन ११ गते
  • 1:19 pm

नेप्से दोहोरो अंकले घट्याे

प्रकाशित मिति

२०७९ फाल्गुन २९ गते, सोमबार ०३:५९

nepse 1 e1664103630838

२९ फागुन २०७९, काठमाडौँ: आज (सोमबार) सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आज सेयर बजार २४.६८ अंकले घटेर १९५१.२१ को बिन्दुमा कायम भएको छ । आज सेयर बजार ओरालो लागेतासँगै खप्तड लघुवित्तको सेयर मूल्य ७.६२ प्रतिशतले सबैभन्दा बढी प्रतिशतले घटेको छ ।


त्यस्तै, आदर्श लघुवित्त, हिमालय बैंक लिमिटेड, नाडेप लघुवित्त, विन नेपाल लघुवित्त लगायत अन्य कम्पनीको शेयर मूल्य घटेको छ । सेयरबजार घटेसँगै कारोबार रकम समेत घटेर एक अर्ब १६ करोडमाथिको कारोबार भएको छ । सर्वाधिक आज एनआइसी एशिया बैंकको ६ करोड २४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।


त्यस्तै, शिवम् सिमेन्ट्सको ५ करोड ६८ लाख, अरुण भ्याली हाइड्रोपावरको ५ करोड ५ लाख, हिमालयन डिष्टिलरीको ४ करोड १९ लाख रुपैयाँ र नबिल बैंकको ३ करोड ५१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिकृया