• १२:०९ २०८० फाल्गुन १३ गते
  • 12:09 pm

निफले सिनेमामा ‘जिओपोलटिक्स्’को प्रभावका सम्बन्धमा बहस गराउने

प्रकाशित मिति

२०७९ फाल्गुन २९ गते, सोमबार ११:४२

geopolitics

२९ फागुन २०७९, काठमाडौँ: आउँदो चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म हुने छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) मा जिओपोलटिक्स् (भुराजनीति) का सम्बन्धमा बृहत्त छलफल हुने भएको छ । चलचित्रमा जिओपोलटिक्स्ले पारेको र पार्ने प्रभावमाथि सेसन केन्द्रीत हुने छ ।


‘भुराजनीतिमा सिनेमाको भुमिका’ विषयक उक्त सेसनमा ‘प्यानलिष्ट’हरु निर्देशक प्रकाश सायमी, राजनीतिज्ञ डा. लिला न्याइच्याईं, युनेस्कोका डा. रोशन यादव र प्रो. खड्ग केसीले आफ्नो मत र अनुभव सुनाउने छन् । ‘जिओपोलटिक्स्’ संसारमा अहिले सवैभन्दा धेरै चर्चा गरिने विषय समेत भएको छ । यस सेसेनको मध्यस्थता गर्ने छन्, पत्रकार योगेश ढकालले । यो सेसन आउँदो चैत ३ (२० मार्च) गते शुक्रबारका दिन नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा सञ्चालन हुनेछ ।


३५ देशका चलचित्रकर्मीको प्रतिनिधित्व हुने यस महोत्सवमा छनौट भएका ९५ प्रतियोगी चलचित्रको प्रदर्शन क्यूएफएक्सद्धारा सञ्चालित सिनेमा हलहरु काठमाडौंको सिभिल मल र छायाँ सेन्टर, पुलचोकको लविङ मल अनि भक्तपुर राधेराधेको भाटभटेनीमा रहेको हलमा हुनेछन् । ‘ओपनिङ फिल्म’को रुपमा कोरिन शर्मा निर्देशित चलचित्र ‘चरी’ (अप्रतियोगी) प्रदर्शन हुने छ । कार्यक्रमको उद्घाटन सिभिल मल सुन्धारामा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट हुने जानकारी यस अघि नै गराई सकेका छौं । त्यसैगरी टिकट बुकिङ खुला भएको र ‘खल्ती एप’ मार्फत टिकट बुकिङ गर्न सकिने जानकारी पनि यसअघि नै गराई सकिएको छ ।

प्रतिकृया