भियतनाममा जनसङ्ख्या वृद्धिको सकारात्मक प्रभावलाई बढावा दिन १० करोड नागरिकको जन्माेत्सव मनाइने
प्रकाशित मिति
२०७९ फाल्गुन २९ गते, सोमबार ११:२०

२९ फागुन, २०७९, काठमाडौँ: भियतनाममा जनसङ्ख्या वृद्धिले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने भन्दै यसलाई बढावा दिन अर्को महिना आफ्नो १० करोड नागरिकको जन्मोत्सव मनाउने तयारी गरेको भियतनाम समाचार एजेन्सीले जनाएको छ । सरकारले अप्रिलको मध्यमा १० करोड नागरिकको जन्मलाई स्वागत गर्न परेड र सभा समारोहसहित प्रचार अभियान सञ्चालन गर्ने योजना बनाएको हो ।
सन् १९६० को दशकको सुरुसम्म भियतनामी महिलाले आफ्नो जीवनकालमा कूल प्रजनन दर छ देखि सात सङ्ख्याको बीचमा थियो। सन् १९७९ मा यो दर घटेर ४.८ मा झरेको थियो र त्यसपछि यो निरन्तर घट्दै गयो ।
सन् २००६ देखि प्रजनन क्षमता दुईको हाराहारीमा पुगेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या गतिविधि कोषले जनाएको छ।
सामान्य तथ्याङ्क कार्यालयका अनुसार, भियतनामको जनसङ्ख्या अप्रिल २०२२ सम्ममा नौ लाख ९२ हजार पुगेको थियो। यससँगै भियतनाम विश्वको १५ औँ सबैभन्दा बढी जनसङ्ख्या भएको देश बनेको छ। दक्षिणपूर्व एशियामा भियतनाम तेस्रो सबैभन्दा बढी जनसङ्ख्या भएको देशमध्ये एक हो ।
देशको तथ्याङ्क कार्यालयले बढ्दो विश्वव्यापी आर्थिक प्रतिस्पर्धाको सामना गर्दै हरेक देशले मानव संसाधनको माध्यमबाट प्रतिस्पर्धात्मक लाभ हासिल गर्न खोजिरहेको जनाएको छ। एजेन्सी
प्रतिकृया