• ११:४२ २०८० फाल्गुन १३ गते
  • 11:42 am

राष्ट्रपति पौडेललाई कामु प्रधानन्यायाधीश कार्कीले शपथ गराउने

प्रकाशित मिति

२०७९ फाल्गुन २९ गते, सोमबार १०:३२

kamu

२९ फागुन २०७९, काठमाडौँ: नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको आज शपथ ग्रहण हुनुहुन्छ । राष्ट्रपतिको कार्यालय, शितल निवासले पौडेलको शपथका लागि आज दिउँसो १ बजे विशेष समारोहको आयोजनाको तयारी गरेको छ ।


राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ कार्यक्रमको शपथको सम्पुर्ण तयारी सकिएको छ ।


नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु अघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ। जसअनुसार नवनिर्वाचित राष्ट्रपति पौडललाई कायमुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनुहुने छ ।


नेपाली कांग्रेसका वरिष्ठ नेता एवं सांसद पौडेल गत फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो ।

प्रतिकृया