• ११:३५ २०८० फाल्गुन १३ गते
  • 11:35 am

आइसिसी विश्वकप लिग- २: पिएनजीसँग अन्तिम खेल खेल्दै नेपाल

प्रकाशित मिति

२०७९ फाल्गुन २९ गते, सोमबार ०८:४७

icc 1

२९ फागुन, २०७९, काठमाडौँ: आइसिसी विश्वकप क्रिकेट लिग- २ मा नेपाल पिएनजीसँग जारी सिरिजको अन्तिम खेल खेल्दैछ। सोमबार टियू मैदान कीर्तिपुरमा हुने खेलमा नेपाल विश्वकप अभियानलाई थप नजिक पार्नका लागि जित्ने लक्ष्यसहित मैदानमा उत्रिन लागेको हो। नेपाल र पिएनजीबीचको खेल ९:३० बजे सुरु हुनेछ।


दुई खेल अगावै एकदिवसीय वरीयता पक्का गरेको नेपालका लागि अबको एकमात्र लक्ष्य बाँकी दुबै खेलमा जित निकाल्दै विश्वकप छनोटमा सोझै स्थान बनाउनु हुने छ।


विश्वकप लिग-२ मा शीर्ष ३ मा रहेमा विश्वकपमा सोझै छनोट हुने भएकाले नेपाललाई बाँकी रहेका दुई खेलमा शतप्रतिशत जित निकाल्नु पर्ने चुनौती छ। विश्वकप लिग- २ का कुनै पनि खेलमा नेपाल पिएनजीसँग नहारेकाले बिना दबाब मैदानमा उत्रिँदै पुन: एकपटक आफ्नो लक्ष्यलाई बलियो बनाउने प्रयास गर्ने छ।


घरेलु मैदानमा ८ एकदिवसीय अन्तराष्ट्रियमा अपराजित नेपाल आफनो नवौँ खेललाई समेत स्मरणीय बनाउन चाहन्छ। नेपालले विश्वकप लिग २ को औपचारिक अन्त भने युएईसँगको खेलपछि गर्ने छ । नेपालले सात देश सम्मिलित विश्वकप लिग-२ मा ३४ खेलमा १७ मा जित तथा १५ मा हार बेहाेरेकाे छ । नेपाल ३६ अंक जोडेर चौथो स्थानमा रहेको छ।


पिएनजीले ३४ खेलमा ५ मा जित २८ मा हार बेहाेरकाे छ । पिएनजी ११ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ। पिएनजीलाई नेपालसँगको हार या जितले कुनै अर्थ राख्ने छैन ।

प्रतिकृया