महिला लघुवित्तको किस्ता खल्तीबाट भुक्तानी गर्न सकिने
प्रकाशित मिति
२०७९ फाल्गुन २८ गते, आईतवार ०५:३१
२८ फागुन, २०७९ काठमाडौँ: खल्ती प्राइभेट लिमिटेडले महिला लघुवित्त वित्तीय संस्था लिमिटेडसँग आधिकारिक सहकार्य गरेको छ। यस सहयोगमार्फत् ग्राहकहरूलाई खल्ती वालेटबाट आफ्नो सहज मासिक किस्ता (ईएमआई) सकिनेछ। आउँदो समयमा खल्ती र महिला लागुवित्त वित्तीय संस्था दुवैले महिला सशक्तिकरण र डिजिटल वित्तीय साक्षरताका लागि सहकार्य गर्नेछन्।
यो साझेदारीसँगै अब ग्राहकले शाखा कार्यालयमा नगइ ऋण तिर्नसक्ने र खल्तीका अन्य डिजिटल सेवाहरू पनि प्राप्त गर्न सक्नेछन् ।
यस सुविधा बारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘प्रविधि र विकासको परिवर्तनसँगै, डिजिटाइजेसनको आवश्यकता द्रुत रूपमा बढिरहेको छ। ग्राहकहरूलाई डिजिटल प्लेटफर्म मार्फत आफ्नो ईएमआई तिर्न सहज हुने भएकाले डिजिटल कारोबारलाई तिब्र गतिमा प्रभावकारी बनाउँदै यो सुबिधा उपलब्ध गराईएको हो।’
प्रतिकृया