• 5:14 pm

विश्वकप क्रिकेट लिग-२ : पिएनजीले युएईलाई ५६ रनले हरायो

प्रकाशित मिति

२०७९ फाल्गुन २६ गते, शुक्रबार ०४:४८

२६ फागुन २०७९, काठमाडौँ: आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएईमाथि पपुवा न्युगिनी (पिएनजी) ले ५६ रनको जित हात पारेको छ। लिग-२ मा पिएनजीले युएईमाथि लगातार चार खेलमा जित हात पारेको हो। अघिल्लो साता युएईमा सकिएको सिरिजमा पिएनजीले दुवै खेलमा जित हात पारेको थियो। यस्तै २०२२ को मार्चमा भएको सिरिजमा पनि युएईविरुद्धको दोस्रो खेलमा पिएनजीले जित निकालेको थियो।


कीर्तिपुरस्थित त्रिवि मैदानमा शुक्रबार पिएनजीले दिएको २४७ रनको लक्ष्य पछ्याएको युएई ४२.२ ओभरमा १९० रनमै अलआउट भयो। युएईका आर्यन लक्राले ५१ रन जोड्दा कप्तान तथा ओपनर मोहमद वासीमले ४१ रन बनाए।


बलिङमा पिएनजीका रेली हेकुरेले ३ विकेट लिए भने काबुआ मोरिआ र आसद भालाले २-२ विकेट लिए। त्यसअघि युएईले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पिएनजीले ५० ओभरमा ९ विकेटको क्षतिमा २४६ रन जोड‍्यो। पिएनजीका लागि तीन ब्याटरले अर्धशतक प्रहार गर्न सफल भए। ओपनर किप्लिन डोरिगाले ४४ बलमा ५५ रन बनाए। अर्का ओपनिङ ब्‍याट्सम्यान हिरी हिरी ७७ रनको योगदान दिए।


सेसे बाउले नटआउट ८१ रन जोडे। उनले १०६ बलमा १० चौका प्रहार गरे। ३२ ओभरमा १८४ रन बनाउदा तीन विकेट गुमाएको पिएनजीले बाँकी ओभरमा ६२ रन मात्र जोड्न सक्यो । बलिङमा युएईका आयन खानले ३ विकेट लिए भने जुनइद सिद्धिकी र जहूर खानले २-२ विकेट लिए।

प्रतिकृया