• ११:०३ २०८० फाल्गुन १३ गते
  • 11:03 am

‘भीर माहुरी’को म्युजिक भिडियो सार्वजनिक

प्रकाशित मिति

२०७९ फाल्गुन २६ गते, शुक्रबार ०४:०८

bhir

२६ फागुन २०७९, काठमाडौँ: ‘भीर माहुरी’बोलको गीतको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायक आरसी रिमाल र गायिका अन्जु पन्तको स्वरमा रहेको गीत ‘भीर माहुरी’ शुक्रबार सार्वजनिक गरिएको हो। गीतमा मोहन थापाको शब्द र गायक आरसीकै रहेको संगीत छ ।


डान्सिङ विट रहेको भिडियोमा रोशन केसी र प्रियंका कार्कीको अभिनय रहेको छ । भिजन शिवाकोटीको कोरियोग्राफी तथा निर्देशन रहेको म्युजिक भिडियो तारिफयोग्य बनेको छ ।


गीतकार थापाको प्रेमिल शब्दअनुसारको म्युजिक भिडियो बनेको छ। यस म्युजिक भिडियोमा निर्देशक शिवाकोटीले गीतको भावजस्तै निर्देशन र कोरियोग्राफीमा भिडियो तयार पारेका छन् । उनले रोशन र प्रियंकाको जोडीलाई जमाउन सफल भएका छन्। सार्वजनिक भिडियोमा रोशन र प्रियंकाको नृत्य हेर्न सकिन्छ ।


यस म्युजिक भिडियोमा उत्सव दाहालको छायांकन रहेको छ भने विकाश दाहालको सम्पादन र रंग संयोजन रहेको छ । यस्तै, गीतको भिडियो नेपमेलो युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रतिकृया