सभामुख घिमिरे आज बहराइन जाँदै
प्रकाशित मिति
२०७९ फाल्गुन २६ गते, शुक्रबार १०:४४

२६ फागुन २०७९, काठमाडौँ: सभामुख देवराज घिमिरे आज (शुक्रबार) साँझ बहराइन जाँदै छन् । बहराइनको मानमामा शनिबारदेखि सुरु हुने अन्तर–व्यवस्थापिका संघ (आईपीयू) को १४६ औँ महासभामा भाग लिन घिमिरे शुक्रबार साँझ ७ बजे बहराइन प्रस्थान गर्न लागेका हुन् ।
शनिबारदेखि सुरु हुने आईपीयू महासभा आगामी चैत १ गतेसम्म चल्ने छ। सभामुद घिमिरे नौ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बहराइन जान लागेका हुन्। घिमिरेले महासभामा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको संघीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए ।
प्रतिनिधिमण्डलमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, राष्ट्रियसभा सदस्य इन्दु कडरिया, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार, संसद् सचिवालयका महासचिव डा. भरतराज गौतम र प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलगायत सहभागी छन् ।
प्रतिकृया