• 11:41 am

इन्जिनको सुरक्षा जाँच नसकिँदासम्म श्री एयरलाइन्सलाई उडान नगर्न निर्देशन

प्रकाशित मिति

२०७९ फाल्गुन २६ गते, शुक्रबार १०:३८

२६ फागुन २०७९, काठमाडौँ: श्री एयरलाइन्सले जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान गर्न नपाउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले श्री एयरलाइन्सलाई जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न निर्देशन दिएको छ ।


आजदेखि श्री एयरलाइन्सका जहाजले कुनै पनि उडान गर्ने छैनन् । जहाजको इन्जिन सुरक्षा जाँचमा उड्न भर्न योग्य भए/नभएको परीक्षण गरिनेछ । परीक्षणमा योग्य प्रमाणित भए क्यानले उडान अनुमति दिनेछ । बिहीबार काठमाडौंबाट भैरहवा उडान भरेको जहाजको इन्जिनमा आगो लागेको संकेत आएपछि जहाजलाई पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्काएर आकस्मिक अवतरण गरिएको थियो ।


श्री एयरलाइन्ससँग आठवटा जहाज छन् । प्राधिकरणको अर्को निर्णय नभएसम्मका लागि श्री का सबै जहाज ग्राउन्डेड हुनेछन् । जहाजको प्राविधिक र मेकानिकल परीक्षण गरेपछि उडान योग्य भए अनुमति दिने र नदेखिए नदिने प्राधिकरणको तयारी छ ।


काठमाडौंबाट भैरहवाका लागि उडेको श्री एयरको जहाजमा आगोको संकेत देखिएपछि बिहीबार बीच बाटोबाटै फर्काइएको थियो । काठमाडौं त्रिभुवन विमानस्थलमा सकुसल अवतरण गरिएको जहाजको चेकजाँच थालिएको बताइएको छ ।


श्री एयरलाइन्सका अहिले ८ वटा जहाज रहेका छन् । चेकजाँचपछि योग्य देखिए उडानको अनमुति तत्कालै प्रदान गरिने भएको छ ।

प्रतिकृया