• १३:५९ २०८० फाल्गुन ११ गते
  • 1:59 pm

आइसिसी विश्वकप लिग-२ : युएईसँग टस हारेको पिएनजी पहिले ब्याटिङ गर्दै

प्रकाशित मिति

२०७९ फाल्गुन २६ गते, शुक्रबार १०:३०

UAE PNG e1678423504196

२६ फागुन २०७९, काठमाडौँ: आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक अन्तिम ओडिआई सिरिज अन्तर्गत दोस्रो खेलमा आज युएई र पपुवा न्युगिनी भिड्दैछन्। टियु क्रिकेट मैदानमा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गर्दै पिएनजीलाई पहिले ब्याटिङको निम्तो दिएका छन्।


विश्वकप लिग-२ मा युएई पिएनजीसँग लगातार खराव प्रदर्शनको सिकरा हुँदै आएको छ। अघिल्ला ४ खेलमा पीएनजीले यूएईलाई ३ पटक पराजित गरिसकेको छ।


यूएई सात देश सम्मिलित विश्वकप लिग टूमा ३२ खेलमा ३१ अंक जोडेर छैटौं स्थानमा रहेको छ। पपुवा न्युगिनि ३३ खेलमा ९ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ।

प्रतिकृया