• 6:04 am

राष्ट्रपतिमा रामचन्द्र कि सुवास? बानेश्वरमा सुरु भयो मतगणना

प्रकाशित मिति

२०७९ फाल्गुन २५ गते, बिहीबार ०४:००

२५ फागुन २०७९, काठमाडौँ: राष्ट्रपति पदका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ। नयाँ बानेश्वरमा रहेको संघीय संसद भवनमा मतगणना सुरु भएको हो । राष्ट्रपति पदका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ चुनावी मैदानमा छन् ।


नयाँ राष्ट‍्रपतिका लागि बिहीवार भएको मतदानमा ३१३ संघीय सांसद र ५१८ प्रदेश सांसदले मतदान गरेका छन् । कुल ८८१ मतदाता रहेकोमा आज ८३१ मतमात्र खसेको निर्वाचन अधिकृत कार्यालयकी सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जनाइन् ।


प्रतिनिधसभा र प्रदेशसभा सांसदहरुले मत दिएको मतपत्रको छुट्टाछुट्टै स्थानमा गणना हुँदैछ । साँझ ७ बजेसम्ममा मतपरिणाम आइसक्ने गरि निर्वाचन अधिकृतको कार्यालयले तयारी गरिरहेको शर्माको भनाई छ ।

प्रतिकृया