• 11:48 am

आज नेप्से उच्च अंकले बढ्याे

प्रकाशित मिति

२०७९ फाल्गुन २५ गते, बिहीबार ०३:५४

२५ फागुन २०७९, काठमाडौँ: आज सेयर बजार उच्च अंकले बढेको छ । आज सेयर बजार ५०.४ अंकले बढेर २००२ को विन्दुमा कायम भएको हो । नेप्से इन्डेक्स सँगै कारोबार रकममा समेत केही सुधार देखिएको छ । आज सेयबजारमा एक अर्ब ५६ करोड ५५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।


सर्वाधिक आज शिवम् सिमेन्ट्सको ७ करोड ८५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, हिमालयन डिष्टिलरीको ५ करोड ७३ लाख, अरुण काबेली पावरको ४ करोड ७६ लाख, नबिल बैंकको ३ करोड ५७ लाख र शिव श्री हाइड्रोपावरको ३ करोड ४० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।


सेयर बजारमा हरियाली छाएतापनि केहि कम्पनीको सेयर मूल्य नकारात्मक देखिएको छ । आज सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ फण्डको ५.६० प्रतिशतले सेयर मूल्य घटेको छ । त्यस्तै, प्राइम डिभेन्चर, सिटिजन्स म्युचअल फण्ड, विन नेपाल लघुवित्त लगायतका अन्य कम्पनीको सेयर मूल्य घटेको छ ।

प्रतिकृया