प्रधानमन्त्री दाहालविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’
प्रकाशित मिति
२०७९ फाल्गुन २५ गते, बिहीबार ०३:३१
२५ फागुन २०७९, काठमाडौँ: माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध द्वन्द्वकालीन घटनाका सम्बन्धमा दायर मुद्दा सर्वोच्च अदालतमा ‘हेर्न नभ्याइने’ भएको छ । उनीविरुद्ध दर्ता भएको रिटको पेशी न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा तोकिएको थियो । दाहालविरुद्ध परेका मुद्दाको पेशी न्यायाधीश श्रेष्ठको इजलासमा चौथो र पाँचौँ नम्बरमा रहेका थिए ।
दाहालले ३ वर्षअघि दिएको अभिव्यक्ति समेतलाई लिएर सर्वोच्च अदालतमा मंगलबार रिट दर्ता भएको हो । अधिवक्ता आरण र कल्याण बुढाथोकी सहितका व्यक्तिहरूले दाहालविरुद्ध दिएका २ वटा रिट मंगलबार सर्वोच्च प्रशासनमा दर्ता भएको हो ।
दरपीठ भएको रिट निवेदन शुक्रबार न्यायाधीशहरू इश्वरप्रसाद खतिवडा र हरि फुयालको इजलासमा पेस भएको थियो । उक्त इजलासले रिट दरपीठको आदेश खारेज गर्दै सर्वोच्च अदालत प्रशासनलाई दर्ता गर्न आदेश दिएको थियो ।
प्रतिकृया