नारायणगढ-मुग्लिन सडक आजदेखि पूर्ण रुपमा सञ्चालन
प्रकाशित मिति
२०७९ फाल्गुन २१ गते, आईतवार ०८:४०

२१ फागुन, २०७९, काठमाडौँ: सडक निर्माणका कारण दैनिक केही समय सवारी आवागमन बन्द गरिँदै आएको नारायणगढ-मुग्लिन सडक आइतबारदेखि पूर्ण रुपमा सञ्चालनमा आउने भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार केही ठाउँमा पुलको मुख खोल्न तथा फराकिलो बनाउन भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा सवारी आवागमन बन्द गरिँदै आएको भएपनि आजबाट भने पूर्ण रुपमा खुला गरिने भएको हो।
भित्तो काट्न कठिन भएपछि गत पुस ५ गतेदेखि दिउँसोमा दैनिक ४ घण्टा सडक बन्द गरेर काम हुँदै आएको थियो। पहिलो ३० दिन बिहान ११ देखि दिउँसो ३ बजेसम्म बन्द गरिएको थियो भने त्यसपछि दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द गरिएको थियो।
हाल भित्तो काट्ने काम अन्तिम चरणमा पुगेकाले अब सवारी आवागमन रोक्नुपर्ने अवस्था नरहेकोले पूण रुपमा खुलाउन लागिएको हो।
Related
Recent News
- पर्सा पोखरीयाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव र नासु साह अख्तियारको नियन्त्रणमा
- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सीप मेला २०८२’ मा संस्थागत साझेदार
- नेपाल एसबिआई बैंक द्वारा चौदण्डीगढी नगरपालिकामा सामाजिक उत्तरदायित्व कार्यक्रम
- नेपालको निर्यातमा ७७.७७ प्रतिशतको ऐतिहासिक वृद्धि
- प्रमुख तीन दलका शिर्ष नेताहरुको बैठक सिंहदरबारमा शुरु
- काठमाडौंमा लगाइएको हट्यो निषेधाज्ञा
- टुरिजम इन्भेष्टमेन्ट फण्डले आईपीओ निष्कासन गर्ने तयारीमा
- संसदको कार्यसूचीबाट हट्यो प्रधानमन्त्रीसँगको प्रश्नोत्तर
- वाणिज्य बैंकको कर्जा प्रवाह बढ्यो, ११ महिनामा कति भयो लगानी ?
- रास्वपाले आज पनि बहिष्कार गर्यो संसद बैठक
प्रतिकृया