मोलुङ हाइड्रोपावरको आइपीओ बाँडफाँट
प्रकाशित मिति
२०७९ फाल्गुन १९ गते, शुक्रबार १२:०३

१९ फागुन २०७९, काठमाडौँ: मागभन्दा ६.८८ गुणा बढी आवेदन परेको मोलुङ हाइड्रोपावरको आइपीओ शुक्रबार बाँडफाँट भएको छ। योग्य आवेदनमध्येका २ लाख २६ हजार ४ सय ६५ जनाले १०/१० कित्ता हात पारेका छन् । १४ लाख २४ हजार ३ सय ५१ जनाबाट १ करोड ५५ लाख ७९ हजार ८ सय कित्ता सेयरका लागि आवेदन परेको थियो ।
जसमध्ये १४ लाख १७ हजार ३ सय ४६ जना आवेदक योग्य थिए। उनीहरुको १ करोड ५४ लाख ७८ हजार ८ सय ५० कित्ता सेयर बराबरको आवेदन प्रमाणित भएको हो। आइपीओमा मागभन्दा ६.८८ गुणा बढी आवेदन परेको थियो। ७ हजार ५ जना आवेदकको १ लाख ९ सय ५० कित्ता आवेदन रद्द भएको छ ।
प्रमाणित मध्येका २ लाख २६ हजार ४ सय ६५ जनाले १०/१० कित्ताका दरले आइपीओ पाएका छन् । कम्पनीले गत फागुन ४ देखि १० गतेसम्म २७ लाख २८ हजार ५०० कित्ता आइपीओको बिक्रीका लागि दरखास्त खुलाएको थियो। २२ लाख ६४ हजार ६५५ कित्ता सर्वसाधारणलाई बिक्री गरिएको हो ।
प्रतिकृया