• 2:52 am

छनोट भएको युवा टिमलाई क्यानले जनही १ लाख दिने

प्रकाशित मिति

२०७९ फाल्गुन १९ गते, शुक्रबार १०:५५

१९ फागुन २०७९, काठमाडौँ: नेपाल क्रिकेट संघ (क्यान) ले यु –१९ विश्वकपमा ७ वर्षपछि स्थान बनाउन सफल युवा क्रिकेटरलाई जनही १ लाख पुरस्कार दिने घोषणा गरेको छ। बिहीबार युएईमा भएको खेलमा घरेलु टोलीलाई ७ रनले पराजित गर्दै नेपाल विश्वकपमा स्थान बनाउन सफल भएको हो।


साथै क्यानले सफलता हात पार्न सफल टिमलाई हौसला बढाउनका लागि सरकारसँग पनि पुरस्कारका लागि पहल गर्ने बताएको छ। नेपालले २०२४ मा श्रीलंकामा आयोजना हुने यु–१९ पुरुष विश्वकपमा सहभागिता जनाउनेछन्। प्रतियोगितामा नेपालले सबै ५ खेलमा जित निकाल्दै विश्वकपमा स्थान पक्का गरेको हो।

प्रतिकृया