नामाकरण गरेपछि कोशी प्रदेशमा आज सार्वजनिक बिदा
प्रकाशित मिति
२०७९ फाल्गुन १८ गते, बिहीबार १०:५५

१८ फागुन २०७९, विराटनगर : प्रदेश १ को नाम कोशी राखिएको खुसीयालीमा आज प्रदेशभर सार्वजनिक बिदा दिइएको छ । मन्त्रिपरिषद्को बैठकले आज बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । बुधबार बसेको प्रदेश सभा बैठकले प्रदेश १ को नाम कोशी राख्ने निर्णय गरेको थियो । यससँगै नेपालका सातवटै प्रदेशले नाम पाएका छन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनामा प्रदेशभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थाहरूमा सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख छ।
मन्त्रिपरिषद् बैठकले कोशी नामकरणको उपलक्ष्यमा प्रदेशका सबै बासिन्दालाई बधाई पनि दिएको छ।
Related
Recent News
- पर्सा पोखरीयाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव र नासु साह अख्तियारको नियन्त्रणमा
- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सीप मेला २०८२’ मा संस्थागत साझेदार
- नेपाल एसबिआई बैंक द्वारा चौदण्डीगढी नगरपालिकामा सामाजिक उत्तरदायित्व कार्यक्रम
- नेपालको निर्यातमा ७७.७७ प्रतिशतको ऐतिहासिक वृद्धि
- प्रमुख तीन दलका शिर्ष नेताहरुको बैठक सिंहदरबारमा शुरु
- काठमाडौंमा लगाइएको हट्यो निषेधाज्ञा
- टुरिजम इन्भेष्टमेन्ट फण्डले आईपीओ निष्कासन गर्ने तयारीमा
- संसदको कार्यसूचीबाट हट्यो प्रधानमन्त्रीसँगको प्रश्नोत्तर
- वाणिज्य बैंकको कर्जा प्रवाह बढ्यो, ११ महिनामा कति भयो लगानी ?
- रास्वपाले आज पनि बहिष्कार गर्यो संसद बैठक
प्रतिकृया