युएई-नेपाल भिड्दै: युएईविरुद्ध सिनियर र जुनियर दुवै टिमका लागि महत्त्वपूर्ण दिन
प्रकाशित मिति
२०७९ फाल्गुन १८ गते, बिहीबार ०९:३२

१८ फागुन, २०७९, काठमाडौँ: नेपालले बिहीबार युएईविरुद्ध सिनियर र जुनियर दुवै टिम प्रतिस्पर्धा गर्दैछन्। आगामी वर्ष श्रीलंकामा हुने यु-१९ विश्वकप छनोटका लागि आज नेपाली युवा खेलाडीका लागि भने निर्णायक दिन हो । युएईलाई हराउन सके नेपाल ८ वर्षपछि एकदिवसीय यु-१९ विश्वकपमा छनोट हुने छ। पराजित भएमा युएइले विश्वकपमा स्थान बनाउने छ।
त्यस्तै, सिनियर टिमले पनि आज युएईमा नै भइरहेको आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो पहिलो खेलमा युएईको राष्ट्रिय टिमसँग प्रतिस्पर्धा गर्दै छ । पहिलो खेलमा पपुवा न्युगिनीलाई हराएको नेपाल लगातार दोस्रो खेलमा जितको प्रतिक्षामा रहेको छ ।
यु-१९ मा सुरुवाती चार खेलमा अपराजित रहेका दुवै टोलीबीचको खेल नेपाली समय अनुसार बिहान १०:४५ मा अजमानस्थित इर्डेन गार्डेन ओभलमा सुरु हुने छ। राउन्ड रोविनका आधारमा शीर्ष स्थानमा रहने टिमले २०२४ मा श्रीलंकामा हुने विश्वकपमा स्थान बनाउने भएकाले युएईले र नेपाल दुबैका लागि यो खेलनै निर्णायक हुने छ।
त्यस्तै, सिनियर टिमका लागि एकदिवसीय वरियतालाई कायमै राख्न तथा विश्वकप छनोटका लागि शीर्ष तीनमा रहनका लागि जित्नु पर्ने दवाव छ। नेपाल र युएईको सिनियर टिमबीच ११:४५ मा दुबई अन्तर्राष्ट्रिय मैदानमा प्रतिस्पर्धा हुने छ।
प्रतिकृया