• 3:52 am

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रकाशित मिति

२०७९ फाल्गुन १७ गते, बुधबार १०:४०

१७ फागुन २०७९, काठमाडौँ: प्रतिनिधि सभाको बैठक आज बस्दैछ । अपरान्ह १ बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बस्ने बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट आएको सन्देशको व्यहोरा जानकारी गराउने कार्यसूची छ ।


त्यसैगरी आजको बैठकमा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त अनुगमन तथा मूल्यांकन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।


त्यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

प्रतिकृया