• १७:५० २०८० चैत्र १६ गते
  • 5:50 pm

पाकिस्तानले पायाे चीनबाट ७० करोड डलर ऋण, अमेरिकाद्वारा चिन्ता व्यक्त

प्रकाशित मिति

२०७९ फाल्गुन १३ गते, शनिबार १०:२०

donald

१३ फागुन, २०७९, काठमाडौँ: चीनले पाकिस्तानलाई ७० करोड डलर ऋण दिएपछि अमेरिकाले यसप्रति चिन्ता व्यक्त गरेको छ । अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसियाली मामिलाका सहायक विदेशमन्त्री डोनाल्ड लुले चीनले भारी ऋणका कारण उत्पन्न परिस्थितिको फाइदा उठाउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।


दक्षिण एसियाका देशहरूलाई औंल्याउँदै लुले भने, ‘अमेरिकाले यस क्षेत्रका देशहरूसँग कुरा गरिरहेको छ ताकि उनीहरूले आफ्नो निर्णय आफैँ लिउन् । चीनजस्ता अन्य देशहरूको दबाबमा आउनु हुँदैन ।’


पाकिस्तानका अर्थमन्त्री इशाक दारले गत हप्ता चाइना डेभलपमेन्ट बैंकसँग सबै औपचारिकता पूरा भइसकेको र केही दिनमा पाकिस्तानले ७० करोड डलर ऋण पाउने बताएका थिए। शुक्रबार साँझ उनले ट्वीट गर्दै चीनबाट ऋण पाएको जानकारी दिए ।


समाचार एजेन्सी पिटिआईका अनुसार डोनाल्ड लुले पाकिस्तान र श्रीलंकालाई औंल्याउँदै भने, ‘चीनले भारतका छिमेकीहरूलाई ऋण दिइरहेको छ जुन चिन्ताको विषय हो। हामी चिन्तित छौँ कि उनीहरूले यसको फाइदा नलिउन्।’


अमेरिकी रक्षामन्त्री एन्टोनी ब्लिन्केनको भ्रमणअघि डोनाल्ड लुले यस्तो बताएका हुन् । ब्लिन्केन अर्को महिना हुने जी-२० देशका विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुन १ देखि ३ गतेसम्म भारत भ्रमणमा जानेछन् ।

प्रतिकृया