• १५:०५ २०८० चैत्र १६ गते
  • 3:05 pm

स्वकीय सचिवहरुलाई एमालेको तालिम

प्रकाशित मिति

२०७९ फाल्गुन ११ गते, बिहीबार ०२:०६

swakiye

११ फागुन २०७९, काठमाडौँ: नेकपा एमालेले स्वकीय सचिवहरुलाई क्षमता अभिवृद्धि तालिम दिएको छ । बिहीबार पार्टी कार्यालय च्यासलमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका एमालेका सांसदहरुको स्वकीय सचिवहरुलाई तालिम दिएको हो ।


अहिले क्षमता अभिवृद्धि तालिम चलिरहेको एमाले नेता डा. सूर्य पाठकले जानकारी दिए । सांसद तथा नेताहरुले लिने निर्णयमा स्वकीय सचिवहरुको मुख्य भूमिका हुने भएकाले उनीहरुको क्षमता अभिवृद्धि गर्न लागिएको उनले बताए ।


‘स्वकीय सचिवहरुको क्षमता अभिवृद्धि कार्यक्रम चलिरहेको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभामा एमालेबाट प्रतिनिधित्व गर्ने सांसदका स्वकीय सचिवहरुको उपस्थिती रहेको छ ।’ उनले भने, ‘सांसदहरुले लिने निर्णयमा स्वकीय सचिवको भूमिका मुख्य हुने भएकाले उनीहरुको क्षमता अभिवृद्धि गर्न लागिएको हो ।’

प्रतिकृया