• १२:५२ २०८० चैत्र १६ गते
  • 12:52 pm

प्रधानमन्त्री दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेटवार्ता

प्रकाशित मिति

२०७९ फाल्गुन ११ गते, बिहीबार ०१:२३

332694976 1244369266195617 194594105738087749 n e1677137847329

११ फागुन २०७९, काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएकाे छ । वार्तामा अन्य शीर्ष नेताहरू पनि सहभागी भएकाे जनाइएकाे छ । राष्ट्रपतिकाे निर्वाचन नजिकिनै लाग्दा यतिबेला नयाँ राष्ट्रपतिका लागि राजनीतिक दल र त्यसका शीर्ष नेताहरूको दौडधुप चलिरहेको छ।


यही फागुन २५ गतेका लागि तय भएको राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवार सत्तागठबन्धनको तर्फबाट एमालेको भागमा परेपनि प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपतिको उम्मेदवार चुन्नुपर्ने बताउँदै आएका छन्।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई राष्ट्रपति दिन प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्ड तयार नदेखिएपछि समाजवादी अध्यक्ष नेपाललाई राष्ट्रपति बन्न अनुराेध गरेका थिए। जुन कुराले यतिबेला नेपाली राजनीतिमा तरंग पैदा गरेकाे छ।

प्रतिकृया