सिटिजन लाइफ इन्स्योरेन्सकाे सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम सम्पन्न

प्रकाशित मिति

२०७९ फाल्गुन १० गते, बुधबार ०५:१३

citizens life1677060522 e1677065324245

१० फागुन २०७९, काठमाडौँ: सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी तालिम सञ्चालन गरेको छ। गत फागुन १ गतेदेखि ९ गतेसम्म कम्पनीको प्रधान कार्यलय थापाथलीमा कम्पनीमा कार्यरत सम्पूर्ण कर्मचारीहरूका लागि सो तालिम आयोजना गरिएको थियो।


यस्तै, काठमाडौं उपत्यका बहिरका स्थानहरू बर्दिबास, मिर्चैया, गाईघाट, विराटनगर, धरान, इनरुवा, विराटचोक, बिर्तामोडलगायतका विभिन्न स्थानमा कम्पनीसँग आवद्ध अभिकर्ता एवम् सम्पूर्ण कर्मचारीहरूको सहभागितामा सो तालिम कार्यक्रम सञ्चालन गरिएकोे बताइएको छ।


कम्पनीका सम्पूर्ण कर्मचारीहरूलाई दिइएको तालिम कम्पनीका कानुन, अनुपालन तथा जोखिम व्यवस्थापन अधिकृत बिदुर बहादुर भुजेलले प्रस्तुत गरेका थिए। उक्त तालिममा गैर कानुनी कमाइ र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमाको माध्यमबाट सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्ने, यसका प्रकृयाहरू र रिपोर्टिङ कसरी गर्ने लगायतका विषयमा विस्तृत जानकारी दिइएको थियो।

प्रतिकृया