• १७:२८ २०८० चैत्र १५ गते
  • 5:28 pm

न्यादी हाईड्रोपावरले डाक्यो साधारणसभा

प्रकाशित मिति

२०७९ फाल्गुन १० गते, बुधबार ०४:४५

nyadi

१० फागुन २०७९, काठमाडौँ: न्यादी हाईड्रोपावर कम्पनी लिमिटेडले आफ्नो बार्षिक साधारणसभा आह्वान गरेको छ ।कम्पनीको सञ्चालक समिती बैठकको निर्णय अनुसार बार्षिक साधारणसभा चैत्र ६ गते कार्की ब्याङ्क्वेट बबरमहल काठमांडौमा बिहान ११ बजेदेखि सुरु हुने छ ।


सभामा अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने, आर्थिक वर्ष ७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् ।


त्यस्तै सभाले सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको चयन गर्नेछ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा भने गरेको छैन ।


कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन १९ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार अनुसार फागुन १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

प्रतिकृया