• १५:५० २०८० चैत्र १६ गते
  • 3:50 pm

स्वास्थ्य बीमा प्रणालीलाई परिमार्जन गर्नुपर्छ : सांसद कार्की

प्रकाशित मिति

२०७९ फाल्गुन १० गते, बुधबार ०३:५७

toshima3 e1681293597359

१० फागुन २०७९, काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं पूर्व स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले स्वास्थ्य बीमा प्रणाली थप चुस्तदुरुस्त बनाउन माग गरेकी छिन् । बुधबार बसेको प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद कार्कीले नेपालको स्वास्थ्य बीमा प्रणाली बन्द हुने अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरेकी छिन् ।


संसदमा बोल्दै उनले शुरु भएको ५ वर्षमै ५० प्रतिशत नागरिकमा सेवा नपुग्दै स्वास्थ्य बीमा प्रणाली बन्द हुन लागेको बताइन् । त्यसैगरी नेपालमा सबै वर्गका लागि एकै किसिमको शुल्क लागू गरिएको भन्दै वैज्ञानिक ढंगले स्वास्थ्य बीमा शुल्क तोक्न माग समेत गरिन् ।


उनले भनिन्, ‘वैज्ञानिक ढंगले स्वास्थ्य बीमाको शुल्क तोकिनुपर्छ ।’ त्यसैगरी देशमा मानसिक स्वास्थ्यको विषय विकराल बन्दै गए पनि सरकारले त्यसप्रति ध्यान नदिएको बताइन् ।

प्रतिकृया