• १३:३७ २०८० चैत्र १६ गते
  • 1:37 pm

८.५ के.जि. चरेस सहित ३ जना पक्राउ

प्रकाशित मिति

२०७९ फाल्गुन १० गते, बुधबार ०३:३६

gaja

१० फागुन २०७९, काठमाडौँ : मिति २०७९/११/१० गते १०ः२५ बजेको समयमा जिल्ला कैलाली धनगढी उप–महानगरपालिका वडा नं.–१४ स्याउले घाट ईलाकामा सशस्त्र प्रहरी बल, नेपाल बि.ओ.पि फुलवारी कैलालीबाट स.प्र.नि. कमाण्डमा खटिएको ७ जनाको गाडी मोबाईल गस्ति टोलिले नेपालबाट भारततर्फ जादै गरेका व्यक्तिहरुलाई शंका लागि चेकजाँच गर्दा अ. ८.५ के.जि . चरेस सहित निम्न व्यक्तिहरुलाई नियन्त्रणमा लिइ नेपाल प्रहरीलाई बुझाउने प्रक्रियामा रहेको छ।
निम्नः–
१. जिल्ला रोल्पा फवाज न.पा.–५ बस्ने वर्ष ४४ को कुमार पुन ।
२. जिल्ला दाङ्ग लालमटिया गा.पा ०१ बस्ने वर्ष ३९ कि पुनम पुन ।
३. जिल्ला दाङ्ग लालमटिया गा.पा ०१ बस्ने वर्ष ४१ कि दिलमाया पुन ।

प्रतिकृया