रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभा आह्वान गर्दै

प्रकाशित मिति

२०७९ फाल्गुन १० गते, बुधबार ०३:३७

reliance FVtrdm2PNW e1677059546432

१० फागुन २०७९, काठमाडौँ: कम्पनीले यहि फागुन १२ गते पाँचौ वार्षिक साधारणसभा आह्वान गरेको छ । साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन सहित मर्जरको विशेष प्रस्ताव पारित गर्दैछ। रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र सानिमा लाइफ इन्स्योरेन्स लिमिटेड बीच मर्जर सम्झौता सम्पन्न भइ सकेकाे छ, मर्जर पछि कम्पनीको नाम सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी हुनेछ ।


बराबरी हैसितमा मर्जर हुन गइरहेका दुई कम्पनीले साधारणसभाबाट शेयरधनीहरुबाट अन्तिम स्वीकृति पाउने वित्तीकै मर्जरको थप प्रकृयाँ अगाडी बढाउनेछ ।


साथै रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले सञ्चालक समितिका सदश्यहरुलाई बैठक भत्ता बापत ९ लाख ६० हजार रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई तलब भत्ता तथा अन्य सुविधा बापत ७३ लाख ५४ हजार रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा प्रमुख कार्यकारी अधिकृतलाई पारिश्रमिक, भत्ता तथा सुविधा बापत उक्त रकम दिएको हो ।

प्रतिकृया