• ००:०८ २०८१ बैशाख ७ गते
  • 12:08 am

नेशनल लाईफ इन्स्योरेन्स ३६औं वर्षमा प्रवेश

प्रकाशित मिति

२०७९ फाल्गुन १० गते, बुधबार ०२:०८

36 AGM Final 1 scaled e1677054214303

१० फागुन २०७९, काठमाडौँ: नेशनल लाईफ इन्स्योरेन्स कम्पनीलि. ले आज ३५औं वर्ष पुरा गरी ३६औं वर्षमाप्रवेश गरेको छ।कम्पनीले आफ्नो ३६औंवार्षिक उत्सव विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको छ । कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाण्डौंमा विशेष रक्तदान कार्यक्रम संचालन गरिएको छ जस्मा ५० भन्दा बढी कम्पनी कर्मचारीहरुको सहभागिता रहेको थियो । देशभरमा ३४ वटा बालर बृद्ध आश्रमहरुमा खाना खुवाउने कार्यक्रम आयोजना समेत सम्पन्न गरिएको छ। यसै गरी कर्मचारीहरु माझविभिन्न खेलकुद कार्यक्रम सम्पन्न गरिएको छ ।



नेपालको अग्रणी जीवन बीमा कम्पनीको रुपमा स्थापितयो कम्पनीले विगतवर्ष सरह चालु वर्षमा राम्रो ब्यवसायिक प्रगति गरेको छ । संस्थापक समूह र सर्वसाधारण समूहको ५५ः४५ को अनुपात रहेको यस कम्पनीलेआर्थिक वर्ष २०७७/०७८ को मुनाफावाट कम्पनीले शेयरधनीहरुलाई १५प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश पारित गरी साधारण सभा सम्पन्न गरी सकेको अवस्था छ । कम्पनीको जीवन बीमाकोषमा रु.५६ अरबको हाराहरीमा रकम जम्मा भएको छ । आर्थिक वर्ष २०७७/०७८ बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब ६४ करोड रुपैयाँ रहेको छ ।


कम्पनीले आफ्ना बीमितहरुलाई उत्कृष्ट बोनस दर प्रदान गर्दै आएको छ ।आ.व.२०७७/०७८ को बीमाङ्कीय मूल्याङ्कन पश्चात बीमितलाई न्यूनतम प्रतिहजार ६३ रुपैयाँ देखि अधिकतम् प्रतिहजार ८५ रुपैयाँ सम्मप्रदान गरेको सहर्ष जानकारी गराउछौं । कम्पनीले चालु वर्षमा शाखाकार्यालय नेपालगंजमा आफ्नो भवन निर्माणगर्ने कार्यसुरु गरिसकेको छ । ११७ शाखा कार्यालय संख्यार ४६० कर्मचारी संख्या रहेको यस कम्पनीमा १ लाख भन्दा बढी अभिकर्ता कार्यरत रहेकाछन् ।


कम्पनीले स्थापना काल देखि २०७९ साल पौष मसान्त सम्म कूलबीमा शुल्क आम्दानी रु.८५ अरब १ करोड आर्जन गरेको छ भने कूल ३८ लाख ६० हजार बीमा लेख जारी गरेको छ र कूल रु.२९ अरब ६० करोड बराबर बीमादावीभुक्तानी गरेको छ ।यस शुभ अवसरमा कम्पनीले ब्यवसायिकता, प्रविधि मैत्रीपारदर्शीता एवं विश्वसनियतालाई थप अभ्यास गर्दै गुणस्तरीय बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गरेको छ ।


कम्पनी संचालनको ३६ औं वार्षिकोत्सवको सुखद अवसरमा हामी प्र्रतिविश्वासका साथ सहकार्य गर्नु हुने सम्पूर्ण ग्राहक महानुभावनहरु, कर्मचारी साथीहरु, अभिकर्ताज्यूहरु एवं शुभेच्छुकहरु प्रतिहार्दिक आभार ब्यक्तगर्दछौं । साथै नियामक निकाय लगायत अन्य सम्बन्धित संस्थाहरुवाट प्राप्त मार्गदर्शन र सहयोगको लागि कृतज्ञता ब्यक्त गर्दछौं ।

प्रतिकृया