• ११:३४ २०८० चैत्र १६ गते
  • 11:34 am

रोटरी क्लव अफ पाटन हेरिटेजद्वारा सम्पदा संरक्षणको लागि पैदल यात्रा सम्पन्न

प्रकाशित मिति

२०७९ फाल्गुन ८ गते, सोमबार ०३:०५

pady1 scaled

८ फागुन २०७९, काठमाडौँ: स्वास्थ्य, शिक्षा क्षेत्र लगायत कला तथा सँस्कृति, सम्पदाहरुको संरक्षण, सम्वर्धन तथा प्रवर्धन गर्ने/ गराउने उद्देष्यले स्थापित रोटरी क्लव अफ पाटन हेरिटेज सम्पदा संरक्षणको लागि आफ्नो पहिलो प्रयास स्वरुप “सम्पदा संरक्षणको लागि पैदल यात्रा” नारा सहित भाइदेगः मन्दिर पुन निर्माणको लागि सहयोग जुटाउन यहि मिति २०७९।११।६ गते शिवरात्रीको दिन मंलगबजार देखि किर्तिपुर सम्म जम्मा १२ कि.मी पैदल यात्रा सफलतापुर्वक सम्पन्न गरको छ । उक्त कार्यक्रम मंगलबजार दरबारस्क्वार ललितपुरबाट शुरु गरी किर्तिपुर उमामहेश्वरमा गएर सम्पन्न गरिएको थियो । कार्यक्रमको समुद्घाटन माननीय पर्यटन, सँस्कृति तथा नागरिक उड्डयन मन्त्री श्री सुदन किराँतीज्यू र ललितपुर महानगरपालिकाका नगर प्रमुख श्री चिरीबाबु महर्जनज्यूद्धारा सयुक्त रुपमा रिवन काटि बेलुन उडाई यात्रा शुभारम्भ गरिएको थियो । उक्त अवसरमा प्रमुख अतिथि माननीय मन्त्रीज्यूद्धारा सम्पदाहरुको महत्वबारे प्रकाश पारी सम्पदाहरुको संरक्षणमा सदैव प्रतिवद्ध रहेको जानकारी गराउनु भयो भने ललितपुर महानगरपालिकाका प्रमुख श्री चिरीबाबु महर्जनज्यूद्धारा भाइदेगः मन्दिरको बारेमा छोटो परिचय दिएर यस निर्माणधिन मन्दिरलाई सम्पन्न गर्न यहि आर्थिक वर्षमा पनि केहि बजेटको ब्यवस्था गरिएको र यसलाई निर्माण सम्पन्न गर्न आवश्य अन्य सहयोग गर्ने समेत जानकारी दिएका थिए । यस कार्यक्रमका संयोजक रोटरियन श्री कृष्ण लाल महर्जनज्यूद्वारा उक्त पैदल यात्रा गर्नुको उद्देश्य, यसको महत्व र कार्यक्रमको संक्षिप्त जानकारी दिदै हाम्रो सम्पदा हामी आफै बनाउँ भन्ने मुल नाराका साथ हाम्रो सम्पदा, हाम्रो पहिचान, हाम्रो अस्तित्व र तीनको संरक्षण हाम्रौ कर्तब्य हो भनी सम्पदा संरक्षणमा सबैलाई सहभागी हुन आव्हान गरेका थिए ।


उक्त कार्यक्रममा प्रमुख अतिथि माननीय पर्यटन, सँस्कृति तथा नागरिक उड्डयन मन्त्री श्री सुदन किराँतीज्यू, मानानीय श्री प्रेम महर्जनज्यू, माननीय श्री तोसिमा कार्कीज्यू, माननीय श्री बिराज भक्त श्रेष्ठज्यू, ललितपुर महानगरपालिकाका नगर प्रमुख श्री चिरिबाबु महर्जनज्यू, प्रदेश सभा सदस्यहहरु श्री रामकृष्ण चित्रकारज्यू, श्री प्रेम भक्त महर्जनज्यू श्री रधुनाथ महर्जनज्यू श्री पुकार महर्जनज्यू, प्रमुख जिल्ला अधिकारी श्री जय नारायण आचार्यज्यू, वरिष्ठ प्रहरी उपरिक्षक सिद्दि विक्रम शाहज्यू, किर्तिपुर नगरपालिकाका उप नगर प्रमुख शुभलक्ष्मी शाक्यज्यू ललितपुर उद्योग वाणिज्य संधका अध्यक्ष श्री मनोज न्याछ्योज्यू लगायत अन्य गन्यमान्य व्यक्तिहरु यस यात्रामा सहभागी भएका थिए । उहाँहरुको उपस्थितिले अन्य सहभागीहरुलाई १२ कि.मी को यात्रा तय गर्न थप हौसाला दिएको थियो । उक्त यात्रामा राजदल गणका सैनिक जवानहरु र ललितपुर नगर प्रहरीहरुको पनि सहभागी भएको थियो भने गुसिंगाल धिमे बाजा खलले बाजा बजाई कार्यक्रमको थप रौनकता बढाएको थियो ।


यात्राको क्रममा ललितपुर र किर्तिपुरका विभिन्न वडाहरुले पदमार्गमा साँस्कृति बाजागाजाका साथ स्वागत गरेका थिए । कितिपुरको प्रवेशमा किर्तिपुर नगरपालिका वडा नं ६ ले जलविनायक मन्दिर अगाडि टिका, खाडा र धिमे बाजागाजाका साथ पैदलयात्रीहरुलाई स्वागत गरी कार्यक्रमलाई थप उल्लासमय र हर्षमय बनाएको थियो । त्यसैगरी पांगा दोबाटोमा रोटरी क्लव अफ पाटन हेरिटेजले नेवारी कला र सँस्कृति बमोजिम सगुन दिएर स्वागत गरेको थियो ।


विभिन्न सास्कृतिक सम्पदाहरु अवलोकन गरी अगाडि वढेको पैदलयात्रीहरु किर्तिपुर उमामहेश्वर मन्दिर प्रांगनमा पुगेका थिए । समापन कार्यक्रमको अध्यक्षता रोटरी क्लव अफ किर्तिपुरका अध्यक्ष रोटरियन श्री पुष्पराज अधिकारीज्यूले गरेका थिए । उक्त समापन कार्यक्रममा माननीय प्रतिनिधि सभाका सदस्य श्री विराज भक्त श्रेष्ठज्यूबाट सम्पदा संरक्षण हामी सबैको दायित्व रहेको र काठमाण्डौ उपत्यकामा भएका लोप हुन गइरहेको सँस्कृति तथा सम्पदा जर्गेना गर्ने बेला आइ सकेको र युवा पुस्ताहरुलाई सँस्कृति जर्गेना गर्न अग्रसर हुन अनुरोध गरेको थियो । अन्तमा आयोजक रोटरी क्लवका अध्यक्ष श्री गणेश कार्कीज्यूले कार्यक्रम सफलतापूर्वक संचालन गर्न सहयोग गरेका श्री कुमारी बैक लिमिटेड र श्री नेपाल टेलिकम लगायत अन्य विभिन्न माध्यमबाट प्रत्यक्ष अप्रत्यक्ष्य सहयोग पुर्याउनु भएका सम्पूर्ण संघसंस्था तथा विभिन्न व्यक्तित्वहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । साथै उक्त समापन कार्यक्रममा नेवारी समयबजीको ब्यवस्था सहित स्वागत सत्कार गरेकोमा श्री किर्तिपुर नगरपालिका लगायत वडा अध्यक्षहरुलाई समेत धन्यवाद दिएका थिए ।


अन्तमा यस कार्यक्रमको प्रमुख लक्ष्य निर्माणधिन भाइदेगः मन्दिर पुर्ननिर्माणमा सहयोग जुटाउने भएतापनि यस कार्यक्रमले सँस्कृति तथा सम्पदा जर्गेना गर्न आम जनमानसमा जागरुक बनाएको देखिन्छ भने यसले आन्तरिक पर्यटन प्रवर्धनमा समेत सहयोग पुर्याएको छ । संक्षिप्तमा भन्नु पर्दा उक्त कार्यक्रमले सम्पदा सँस्कृति जर्गेना गर्न आम जनमानसलाई जागरुक बनाएको देखिन्छ । यस्तो कायक्रमहरुले मौलिक कला सँस्कृति तथा सम्पदाको सम्वर्धन तथा प्रवर्धन गर्न ठूलो सहयोग हुने देखिन्छ ।

pady

प्रतिकृया