नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी लगायत एक्स्पो फागुन ११ गते भृकृटीमण्डपमा सुरू हुदै

प्रकाशित मिति

२०७९ फाल्गुन ७ गते, आईतवार ०१:५४

Nepal Buildcon 2023 e1676794133885

७ फागुन, २०७९, काठमाडौँ:  मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस्प्रा. लि ले संयुक्त रुपमा आयोजना गर्दै आइरहेको नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी तथा नेपाल हाउजीङ्ग एंड इनभेसटमेन्ट एक्स्पो, नेपाल हेवी इकयुपमेन्ट एंड कन्सट्रकसन एक्स्पो यही २०७९ फागुन ११, १२, १३ र १४ गते काठमाण्डौ को भृकृटीमण्डप मा आयोजना गर्ने जानकारी गराउन चाहन्छौं ।



यस आयोजना हुन गइरहेको प्रदर्शनी मा संसार का विभिन्न देश का ३०० भन्दा बढि ख्याती प्राप्त ब्राण्डहरुका २०० भन्दा बढि स्टल रहनेछन्। निर्माण कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले निर्माण ब्यबसाय संग सम्बन्धित उत्पादनहरु को बारेमा जानकारी गराउने र यस क्षेत्र मा आउने नयाँ–नयाँ प्रविधि को बारेमा जानकारी गराउन को लागि योप्रदर्शनी ७ वर्ष देखी कोसेढुङ्गा सावित हुदै आएको छ । यस अन्तराष्ट्रिय प्रदर्शनीमा निर्माण सामग्री, निर्माण मेसिनरी, निर्माण उपकरण, आवास कम्पनीहरू, अपार्टमेन्ट कम्पनीहरू, प्रि–फ्याब संरचनाहरू, युपीभीसी झ्याल ढोका उत्पादन गर्ने मेसिनरी, युपीभीसी प्रोफाइल, आर्किटेक्चरल हार्डवेयर, बाथरूम फिटिङ्स, पाइपहरू, टाइल र सेनेटरी वेयर, पावर औजारहरू, कंक्रीट ब्लक मेसिनरी उत्पादकहरू, मटेरियल ह्यान्डलिंग उपकरणहरू, एल्युमिनियम कम्पोजिट प्यानलहरू आदिको उल्लेखनीय सहभागिता रहने छ।



यस प्रदर्शनीमा सहयोगी संस्थाको भूमिकामा नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ तथा नेपाल क्रसर तथा खानी उद्योग महासंघ रहनुभएकोछ । यस प्रदर्शनीलेनेपालमा हाल भइरहेको समग्र निर्माण क्षेत्रको विकास, पुननिर्माण तथा आधुनिकीकरण मा टेवा पु¥याउने हामीले विश्वास राखेका छौँ । यस प्रदर्शनीमा घर बनाउन चाहनेव्यतिm, आम नागरीक बाहेक निर्माण क्षेत्रमा काम गरीरहनुभएका नेपालका दिग्गज आर्कीटेक्ट, इन्जीनीयरस्, कन्ट्रयाक्टरस, विल्डरस तथा इन्टीरीयर डिजाइनरहरु को सहभागिता रहने छ ।


यस अन्तराष्ट्रिय प्रदर्शनीको मुल उद्घेश्यकोरुपमा विगतमा झैँ नेपालको निमार्ण क्षेत्रमा नयाँ प्रविधिका सामान भित्राउने तथा विदेशमा सफलतापुर्वक प्रयोग भएका नयाँ प्रविधिहरुलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन एउटा माध्यम बनाउने तथा नेपालमा उपलब्ध सामाग्री तथा प्रविधिहरुलाई बिदेशी संस्थाहरुको सामु देखाउने हो । साथै यस प्रदर्शनीले नेपालमा भइरहेका निर्माण सम्बन्धि कार्यहरुमा पनि सकारात्मक भुमिका निर्वाह गर्ने विश्वास लिएका छौँ ।

प्रतिकृया