• १६:२४ २०८० चैत्र १६ गते
  • 4:24 pm

नेपाल लाइफद्वारा एती एयरलाइन्स दुर्घटनाको मृतक परिवारलाई एक करोड एक लाखको दाबी भुक्तानी

प्रकाशित मिति

२०७९ फाल्गुन ४ गते, बिहीबार १२:४४

claim

४ फागुन २०७९, काठमाडौँ:  नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफले एक करोड एक लाखको दाबी भुक्तानी गरेको छ । पोखरा उ.म.पा–१७, कास्की ठेगाना भएकी बिमित संगिता शाहीको १ गते पोखरामा यती एयरलाइन्सको जहाज दुर्घंटनामा असामायिक निधन भएको थियो । बालाजु शाखामा आयोजित एक कार्यक्रमका बीच मृतकले इच्छाइएको व्यक्ति कोपिला घर्ति क्षेत्री (आमा) लाई एक करोड एक लाखको चेक हस्तान्तरण गरिएको छ ।



आफ्नो जीवनकालमा स्व : संगिता शाहीले नेपाल लाइफ इन्स्योरेन्स क.लि बालाजु शाखा कार्यालयबाट मिती २०७९/०५/२९ गते रु.५०,००,०००– बीमाङ्क भएको जीवन सहारा बिमा योजना लिनु भएको थियो । बीमाङ्क बापतको रकम अन्तर्गत रु.५०,००,०००– र दुर्घंटना मृत्यु दावी बापत रु.५०,००,०००– गरी जम्मा रु.१,०१,००,०००।– इच्छाइएको व्यक्ति (आमा) लाई प्रदान गरिएको छ ।



२०७९ पौष मसान्त सम्ममा यस कम्पनीको लगानी १५६.४४ अर्व रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १५०.८५ अर्व रुपैयाँ र शेयरधनी कोष ९ अर्व ५२ करोडभन्दा बढी रहेको छ । कम्पनीमा २,१२,३६२ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यसका साथसाथै कम्पनीले हालसम्म रु १९७.१८ अर्व रुपैया बीमा शुल्क आर्जन गरेको छ । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ वटा बीमा योजना अन्तर्गत ३१,१५,४२० बीमालेख जारी गरिएको छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिकृया